सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

मङ्गलबार, ३० कात्तिक २०७८, १२ : १९
मङ्गलबार, ३० कात्तिक २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेको बताए ।

उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै महतोले यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले भने, ‘यसको अविलम्ब निकास दिनुपर्छ । न्यायालयको गरिमालाई बचाउन अविलम्ब राजीनामा दिएर उहाँले निकास दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप