बालिका र बाँदरबीच फोन खोसाखोस, भिडियो भयो भाइरल
मङ्गलबार, ३० कात्तिक २०७८, ११ : ३७

आजकल सामाजिक सञ्जालमा जनावरहरुको भिडियो भाइरल भइरहन्छ । पछिल्ला दिन एक बाँदर र एक सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ, दुबैले एक अर्कासँग मोबाइल खोसाखोस गरेका छन् ।
यस भिडियोमा खुला इलाकामा एउटा खाटमा बसेकी सानी बालिका देखिएकी छिन् र एउटा बाँदर त्यसको नजिकै भएर उसँग फोन छिनिरहेको देखिन्छ । बेचैन बाँदरले फोनलाई केही समयका लागि हेरेको छ । र, बालिकाले उक्त फोन फिर्ता लिएकी छिन् ।
भिडियो खतम हुनभन्दा पहिले बाँदरले ती बालिकासँग फोन फेरि खोसेको छ र फोनलाई अंकमाल गरेको छ । सोशल मिडियामा यो भिडियोलाई १ लाख ४० हजारभन्दा धेरै लाइक्स मिलेको छ । यो फन्नी भिडियो खुब भाइरल भइरहेको छ । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । ‘यो मेरो फोन हो । यसलाई फिर्ता दिनुस्,’ एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘फोन बच्चाको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू