पत्रलेखाको विशेष घुम्टो, सिल्क कुर्तामा राजकुमार : विवाहको तस्बिरको विशेष चर्चा
बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा वैवाहिक सम्बन्धमा बाँधिएका छन् । बलिउडका लभ बर्डस् राजकुमार र पत्रलेखा १५ नोभेम्बरमा एक–अर्काका भए । यी दुईको विवाहका सुन्दर तस्बिर इन्टरनेटमा छाएका छन् ।
राजकुमार र पत्रलेखा दुबैलाई विवाहको पहिरनमा निकै सुन्दर देखिएको छ । बलिउडको यो जोडीको धेरैले प्रशंसक गरिरहेका छन् । यी दुईको विवाहको पहिरन बलिउडका चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरेका हुन् ।
राजकुमारकी दुलही पत्रलेखा विवाहको रातो पहिरनमा निकै सुन्दर देखिएकी छिन् । पत्रलेखाले आफ्नो जीवनको सबैभन्दा विशेष दिनमा सब्यासाचीको रातो रङको बुटी साडी लगाइन् जसमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको छ । साडीसँग नायिकाले एक विशेष घुम्टो पनि पेयरअप गरिन् ।
पत्रलेखाको घुम्टो उनको विवाहको पहिरनको सबैभन्दा महत्वपूर्ण हिस्सा रह्यो । यो कुनै साधारण घुम्टो होइन, यसलाई विशेषगरी पत्रलेखाका लागि तयार गरिएको हो । घुम्टोमा बंगाली भाषामा जोडीका लागि एक विशेष मेसेज लेखिएको छ ।
पत्रलेखाले आफ्नो घुम्टोमा लेखेकी थिइन् ‘ अमर पोरन भौरा भालोबासा अमी तोमे सोमोरपोन कोरिलम’ । यो हिन्दी अर्थ हो – ‘प्रेमले भरिएको यो मुटुसहित म आफूलाई तिमीमा समर्पित गर्छु ।’ यो सुन्दर बचन पत्रलेखाले राजकुमारका लागि लेखिन् जुन आफैंमा विशेष हो ।
पत्रलेखाको गहना पनि उनको विवाहको पहिचनजस्तै विशेष छ । नायिकाले आफ्नो विवाहको पहिरनसँग २२ क्यारेट सुनको गहना लगाएकी छिन् जसलाई हिरा, मोती र पन्नासहित तयार गरिएको छ । पत्रलेखाको गहना सब्यासाची हेरिटेज ज्वेलरी कलेक्सनको हो ।
सुन्दर झुम्कासहित हेभी नेकलेस, माँग टिका र नथ्थीले पत्रलेखाको ब्राइडल लुकलाई उत्कृष्ट बनाएको छ ।
राजकुमारले आफ्नो विवाहमा सिल्क कुर्ता र चुडीदार पाइजामा लगाए । यसका साथै उनले र सिल्कको आइभरी ज्याकेट पेयरअप गरे । राजकुमारको ज्याकेटमा गोल्ड प्लेटेड बंगाल टाइगर बटन लगाएका छन् जसले उनको पहिरनलाई विशेष बनाएको छ ।
राजकुमारले पनि आफ्नो वेडिङ लुकलाई सब्यासाची हेरिटेज ज्वेलरीसहित पूर्ण बनाएका छन् जो जापानी मोतीले बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा