बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी

मङ्गलबार, ३० कात्तिक २०७८, १० : २४
मङ्गलबार, ३० कात्तिक २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकास  र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । सम्बोधनको क्रममा  मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि रहेको बताए ।

उनले विकासको मुख्य अधार घरेलु तथा साना उद्योग भएकोले प्रदेश सरकारको प्राथामिकता यस क्षेत्रमा रहेको उद्घोष गरे । मुख्यमन्त्री केसीले प्रदेशको मात्र नभई  सिङ्गो मुलकै विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको  धारणा राखेका थिए ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायी लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो ब्याजका ऋण प्रदान गर्ने लागेको  जानकारी समेत दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप