बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश एकमा यस्तो छ नेपाल बन्दको प्रभाव

मङ्गलबार, ३० कात्तिक २०७८, ०८ : ५७
मङ्गलबार, ३० कात्तिक २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा आंशिक रहेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् भने बजार, पसल, उद्योगलगायत खुल्न सकेका छैनन् । पूर्वी नेपालमा सार्वजनिक  यातायात साधान नचल्दा नागरिकलाई हैरानी भएको छ । तर अन्य सवारी साधन भने फाटफुट रुपमा राजमार्गमा गुडेका छन् ।

सार्वजनिक सवारी साधान नचलेका कारण कतिपय ठाउँमा गन्तव्यमा हिँडेका यात्रु बजार र चोक–चोकमा अलपत्र परेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरोधमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आह्वान​ गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप