शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

मङ्गलबार, ३० कात्तिक २०७८, ०८ : ०३
मङ्गलबार, ३० कात्तिक २०७८

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।

विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी,  अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।

२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थिएन । ६ महिनादेखि खाली रहेको पदमा बढुवा नगरेर डीआईजी थप्न चलखेल गरेपछि त्यसबारे आलोचन हुँदै आएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप