चर्चित भारतीय लेखिका भण्डारीको निधन
सोमबार, २९ कात्तिक २०७८, २२ : १९

भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो । उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।
स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् । उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा