बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते

सोमबार, २९ कात्तिक २०७८, २२ : ०३
सोमबार, २९ कात्तिक २०७८

स्याङ्जामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती घाइते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुर थापाले ४० बर्षीया श्रीमती मिनामाया थापालाई बन्चरो प्रहार गरि घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

सोमबार दिउँसोको समयमा हुमबहादुरले बन्चरो प्रहार गर्दा श्रीमती मीनाको बायाँ कुम र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र श्रीमानले बन्चरो प्रहार गर्नाको कारण नखुलेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप