शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सोमबार, २९ कात्तिक २०७८, २१ : ५८
सोमबार, २९ कात्तिक २०७८

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २३० जनामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १५ महिला र ११ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०, बागलुङ ५, स्याङ्जा १, गोरखा ३, लमजुङ २, तनहुँ १ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ६७१ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–८ का ६८ वर्षीय पुरुष रहेका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०३ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ९४१ पुगेको छ भने होम आइसोलेसनमा २९२ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३२७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप