चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने
![चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने](https://rpcdn.ratopati.com/media/albums/driving-licence_4zCLHiW27v.jpg)
सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
देशभरका यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले एक सूचना जारी गरी कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भनेका छन्, ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।’
सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।
देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा भुषालले जानकारी दिए । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु
-
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
-
बेलायतमा बिहीबार आम निर्वाचन, को को छन् मैदानमा ?
-
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली
-
...त्यसपछि मुकुलले मुखमा कालो टेप टाँसे