प्रदेश २ मा सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले वार्षिक प्रतिवेदन प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएका छन् । सोमबार अख्तियारको बर्दिबास कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको सो प्रतिवेदनमा जनाइएको छ ।
प्रदेश तर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको जनाएको छ । भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्य न्यायाधिवक्ताको कार्यालय विरुद्ध कुनै उजुरी नपरेको जनाइएको छ ।
बर्दिबासको कार्यालयले गत आर्थिक वर्ष ०७७\०७८ मा कुल २ हजार ५ सय ९७ वटा उजुरी परेको जनाएको छ । परेको उजुरीहरू मध्ये १ हजार ४ सय १ वटा उजुरी फर्छ्यौट भएको र बाँकी उजुरी यस वर्षमा सारेको प्रमुख कृष्ण प्रसाद सापकोटाले जनाए ।
उनका अनुसार गत वर्ष ९ वटा स्टिङ्ग अपरेसन गरेको र सो बाट १ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँ बरामद गरिएको छ । बर्दिबासको कार्यालयको कार्यक्षेत्र धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा, रामेछाप, सङ्खुवासभा, खोटाङ र ओखलढुंगा रहेकोमा चालु आर्थिक वर्षमा १ हजार ५ सय २१ वटा उजुरी रहेको प्रमुख सापकोटाले बताए ।
उनले गत वर्षको १ हजार १ सय ९६ र चालु आर्थिक वर्षको असोजसम्ममा ३ सय २५ वटा उजुरी रहेको बताए । सो मध्ये १ सय ५६ वटा उजुरी फर्छ्यौट भएको बताए । चालु आर्थिक वर्षमा रहेको उजुरीमा सबैभन्दा बढी स्थानीय तह विरुद्धको उजुरी रहेको छ । स्थानीय तहविरुद्ध ९ सय ५२ वटा उजुरी रहेको छ । त्यस्तै संघ तर्फ ४ सय ९१ र प्रदेश विरुद्ध ७५ वटा उजुरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?