भ्रष्टाचार निर्मुल पार्न जन्मकैदको व्यवस्था गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन
![भ्रष्टाचार निर्मुल पार्न जन्मकैदको व्यवस्था गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन](https://rpcdn.ratopati.com/media/albums/257209045_587741782462372_242707612658533904_n_VUoKE4UXfs.jpg)
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्‍न हुन नसकेको उनको भनाइ छ ।
आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेले सबैभन्दा बढी उजुरी स्थानीय तहमा भएका अनियमितताका सम्बन्धमा आएको बताए । अख्तियारका अनुसार जिल्लागत रुपमा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी ४४९ वटा उजुरी परेका छन् । यस्तै कपिलवस्तु जिल्लाबाट २३४ वटा, नवलपरासीबाट १४७ वटा उजुरी दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कुल एक हजार २६८ उजुरी दर्ता भएकोमा ९ सय उजुरी फर्छ्यौट भएको जनाइएको छ । अख्तियारको बुटवल कार्यालय प्रमुख पाण्डेका अनुसार प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गत आर्थिक वर्षमा कुल एक करोड ४९ लाख ९७ हजार ८७० रुपैयाँ राजश्व पुनः प्राप्ति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड