बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

आफ्नै पार्टीको सरकार भए पनि मूल्यवृद्धिको कडा प्रतिवाद हुन्छ :  पञ्चा सिंह

सोमबार, २९ कात्तिक २०७८, १९ : ०५
सोमबार, २९ कात्तिक २०७८

अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) अहिलेको सरकारमा भए पनि उसले गर्ने नराम्रा कामप्रति खरो उत्रने बताएकी छन् । हालै आयल निगमले गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई खारेज नगरे आन्दोलन जारी राख्ने उद्घोष गरेकी छन् ।

सोमबार राजधानीको संवाद डबलीले पेट्रोलियम पदार्थ सम्बन्धी गरेको आन्दोलन जनताको पक्षमा नहुन्जेल जारी राख्ने बताइन् । निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकाउने कार्य गरेकोले पछिल्लो समयमा बढाएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

अध्यक्ष सिंहले अत्यधिक मूल्यवृद्धि गर्दा पनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै प्रश्न गर्दै भनिन्,“भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?” सोमबारै आपूर्ति मन्त्रालयमा छलफल भएको विषयलाई उप्काउँदै, निगमको व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नु पर्ने सर्त राखेर वार्ता स्थगित गरेको बताइन् ।

अध्यक्ष सिंहले भारतबाट आवश्यकताभन्दा बढी तेल आउने र त्यसको हिसाब गायब रहनु, आयल निगमजस्ता संस्थामा जानलाई मानिसको लुछाचुँडीले पनि त्यहाँ भ्रष्टाचार हुने कुरा प्रष्ट भएको बताइन् । उनले आयल निगमका कर्मचारीहरूको बोनसको विषयमा आफूले विरोध नगरेको बरु आयल निगमलाई घाटा भन्दा नाफा भएको देखाएर घर बंगला अनि गाडीमा चढ्न सुझाव दिइन् । त्यसैगरी अनेरास्ववियुका अध्यक्ष सुदन पराजुली र अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले पनि मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप