आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवाबाट सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक

सोमबार, २९ कात्तिक २०७८, १८ : ०४
सोमबार, २९ कात्तिक २०७८

इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले यस्तो बताएका हुन् । 

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका साथै दुई देशबीचको पर्यटन व्यवसायलाई समेत सहयोग पुग्ने गरी इजरायल–नेपाल सिधा उडान गर्न चाहेको राजदूत गोदरले बताए ।  सो अवसरमा राजदूत गोदरले मन्त्री आलेलाई इजरायल–काठमाडौँ सिधा हवाई उडानका लागि आफुले पहल गर्ने समेत आश्वासन दिए । 

साथै भेटवार्ताका क्रममा राजदूत गोदरले मन्त्री आलेसँग दुई हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ए ३३० जहाज भाडामा लिन चाहेको बताए । 

सो अवसरमा राजदूत गोदरले नेपालको आन्तरिक हवाई फेयर (भाडा) को विषयमा समेत चासो दिएका थिए ।  यता मन्त्री आलेले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप