भैरहवाबाट सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक
इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले यस्तो बताएका हुन् ।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका साथै दुई देशबीचको पर्यटन व्यवसायलाई समेत सहयोग पुग्ने गरी इजरायल–नेपाल सिधा उडान गर्न चाहेको राजदूत गोदरले बताए । सो अवसरमा राजदूत गोदरले मन्त्री आलेलाई इजरायल–काठमाडौँ सिधा हवाई उडानका लागि आफुले पहल गर्ने समेत आश्वासन दिए ।
साथै भेटवार्ताका क्रममा राजदूत गोदरले मन्त्री आलेसँग दुई हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ए ३३० जहाज भाडामा लिन चाहेको बताए ।
सो अवसरमा राजदूत गोदरले नेपालको आन्तरिक हवाई फेयर (भाडा) को विषयमा समेत चासो दिएका थिए । यता मन्त्री आलेले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण