राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, कहाँ को ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ ।
राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।
यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले बताए । लुम्बिनी प्रदेशमा भने मतदानको परिणाम आउन बाँकी रहेको श्रेष्ठले बताए । लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय र ऋषिराज देवकोटा उमेदवार रहेका छन् ।
राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । मंसिर ३,४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण