शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, कहाँ को ?

सोमबार, २९ कात्तिक २०७८, १७ : ५२
सोमबार, २९ कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ ।  आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ । 
राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् । 

यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले बताए ।  लुम्बिनी प्रदेशमा भने मतदानको परिणाम आउन बाँकी रहेको श्रेष्ठले बताए । लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय र ऋषिराज देवकोटा उमेदवार रहेका छन् ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । मंसिर ३,४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप