आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भूमि सम्बन्धी समस्या समाधानको काम छिटो सक्न मन्त्री श्रेष्ठको निर्देशन

सोमबार, २९ कात्तिक २०७८, १७ : ४५
सोमबार, २९ कात्तिक २०७८

भूमि सम्बन्धी समस्या समाधानको काम छिटो सक्न मन्त्री श्रेष्ठको निर्देशन

 भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम छिटो सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन् । 

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यबस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अव ढिलाई गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन् । 
‘आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अव अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ,  नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भैसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नु हुदैन भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनु पर्छ,’ मन्त्री श्रेष्ठले भनिन् । 

मन्त्री श्रेष्ठले भूमिहीन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न समेत आयोगका पदाधिकारीहरूलाई आग्रह गरिन् । 
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप