बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई बालकको मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

सोमबार, २९ कात्तिक २०७८, १७ : १२
सोमबार, २९ कात्तिक २०७८

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ ।  मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो । स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् । 

प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउने सहमति भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए । 

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका संजय मुखियाको दुवै छोराले शनिवार बिहान ८ बजेको समयमा बान्ता गर्न लागेपछि गाउँमै उपचार भएको थियो । तर त्यहाँ अवस्था उस्तै रहेपछि शिवनगर स्थित संजीवनी अस्पतालमा भर्ना गरिएको थियो । केहि समयपछि  त्यहाँबाट पनि गरुडास्थित अनामिका अस्पतालमा रिफर गरियो भने अनामिकामा झन्डै ८ घण्टाको उपचार पछि थप उपचारको लागि विरगंज स्थित तराई अस्पताल रेफर गरिएको थियो ।

तराई अस्पतालमा शनिबार राती कान्छो र आइतबार बिहान जेठाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव नारायणी अस्पताल विरगंजमा  पोष्टमार्टम भएको  प्रहरीले जनाएको छ । 

डिएसपी भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवायो वा आफै खाए भने सन्दर्भमा प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप