रिसिबीका कारण पुरुषको हत्या, ५ जना आरोपी पक्राउ
झापामा रिसिबीका कारण एकजना पुरुषको हत्या भएको छ । गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन छन् ।
कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको शव कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । महम्मद सद्दामकी पत्नी सुमेरन खातुनलाई मृतकले फोन र म्यासेज गरेको भन्दै केही समय पहिले गाउँमा छलफल गरेका थिए । सो रिस साँध्न सद्दामले पत्नीमार्फत मबेसिरलाई घरमा बोलाए ।
घरमा पाँच जना मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए । महम्मद सुलेमानका दम्पतीसँग पनि मृतकको पुरानो रिसिबी थियो । सुलेमानका ससुरा बलात्कार मुद्दामा जेलमा छन् । बलात्कार मुद्दामा ससुरालाई फसाउन मबेसिरले भूमिका खेलेको भन्दै सुलेमानका दम्पतीले रिस साँधेर बसेका थिए ।
कुर्समान खातुनचाहिँ महम्मद सद्दामकी दिदी हुन् । हत्यामा उनको सहयोगी भूमिका देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घरमा आएका मबेसिरलाई सद्दाम दम्पतीसहित ५ जना मिलेर घाँटी काटेर र ह्यामरले टाउकोमा हिर्काएर विभत्स तरिकाले हत्या गरेका थिए ।
हत्या गरेर शवलाई कम्बलमा पोको पारेर सेफ्टी ट्याङ्कीमा लुकाए । हत्या गरेको कोठाको रगत हटाउन गेरु रंगको माटोले लिपपोत गरेका थिए । रगत लागेको भाग मेट्न पोतेको आशंकामा अनुसन्धान गर्दै जाँदा सेफ्टी ट्यांकीमा शव भेटिएको एसपी भट्टराईले बताए । अपराध छिपाउन उनीहरुले शव राखिएको सेफ्टी ट्यांकीमाथि आलो गोबरको गुँईंठा बनाएर चाङ लगाएर राखेका थिए । पक्राउ परेकाहरुले प्रहरीसँग हत्या गरेको स्वीकारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या