शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

सोमबार, २९ कात्तिक २०७८, १६ : ५६
सोमबार, २९ कात्तिक २०७८


 २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ  । 

यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितमध्ये  ७ लाख ९८ हजार ५४४ जना निको भएका छन् । 
हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप