बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोदको ‘एकै चोटी मार’ मा शिल्पा र कृष्णको रोमान्स

सोमबार, २९ कात्तिक २०७८, १६ : १४
सोमबार, २९ कात्तिक २०७८

गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र पत्रकार कृष्ण पहाडीको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम पौडेल र रीता भट्टराईको समेत अभिनय रहेको भिडियोमा त्रिकोणात्मक  प्रेमकथा बुनिएको छ ।

कपिल लामाको निर्देशन रहेको भिडियोमा अजय रेग्मीले छायाङ्कन गरेका हुन् भने सम्पादन शिव पौडेलको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप