शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार जाँचपासमा सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

सोमबार, २९ कात्तिक २०७८, १५ : ५८
सोमबार, २९ कात्तिक २०७८

नेपाल चेम्बर अफ कमर्शले भन्सार विभागलाई भन्सार जाँचपासमा सहजीकरण गर्न अनुरोध गरेको छ । भन्सार कार्यालयमा मालसामानका गाडी अड्किएको गुनासो आएपछि चेम्बरले छिटोभन्दा छिटो जाँचपास गर्न अनुरोध गरेको हो ।

साथै, भन्सार विभागले न्यून विजिकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न परिपत्र गरेपनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई बाधा नहुने गरी नीति बनाउन समेत अनुरोध गरेको छ ।

चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी वस्तुहरु भन्सार नाकाबाटै आयात गरिने गरी नीति निर्माण गरी सहजीकरण गर्नुपर्ने समेत चेम्बरको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप