तनहुँमा रामचन्द्र पौडेललाई बाम गठबन्धनको यस्तो छ चुनौती
तनहुँ– बाम गठबन्धनका नेताहरुले तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनाव जित्ने सपना नदेख्न कांग्रेस नेता तथा उम्मेदवार रामचन्द्र पौडेललालई चुनौती दिएका छन् । उनिहरुले पौडेलले क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा जित्छु भन्नु दिवा सपना मात्र भएको पनि बताएका छन् । ०४८ सालयता लगातार तनहुँमा निर्वाचित हुदै आएका पौडेलले विकास निर्माणमा खासै चासो नदिएको र उनको व्यवहारबाट दिक्क भएका तनहुँबासीहरु विकल्पको खोजीमा रहेका एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नं २ को प्रतिनिधीसभा सदस्यका उम्मेद्वार केदार सिग्देलले बताए ।
गोविन्दराज जोशीको उम्मेद्वारी खारेजी कानुनसम्वत नरहेको भन्दै नेता सिग्देलले बाम गठबन्धनले मात्रै नेपाली जनताको मुक्ति हुने भएकोले बाम गठबन्धनको सरकार हेर्न जनता आतुर रहेको बताए । तनहुँबासीले नयाँ नेतृत्व चाहेकोले क्षेत्र नं १ मा र २ मा बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले बताए । यता, निर्वाचनको तयारी हुदै गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल भने जिल्लाका कर्मचारी खटनपटन कार्यमा व्यस्त रहेको खुलासा भएको छ ।
नेता पौडेलले निर्वाचनका समयमा खटाइने कर्मचारीहरु आफ्नो पक्षको खटाउनका लागि सक्रिय भएर लाग्ने गरको बताइएको छ । तनहुँका सहायक प्रजिअ एमाले समर्थक रहेका शिशिर पौडेललाई समेत सरुवा गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । त्यसैगरी निर्वाचनका क्रममा खटाइने कर्मचारीहरु पनि आफ्नो पक्षका खटाउन सक्रिय भएर नेता पौडेल लागेको बताइएको छ ।
यता बामगठबन्धनका कार्यकर्ताहरुले नेता पौडेलका गतिविधिप्रति निगरानी गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं क्षेत्र नं १ को ख का उम्मेद्वार हरिबहादुर चुमानले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मतदाताको मतले जित्ने भनेर आएको नेता नभई पैसा र पावरका बलमा जित्न आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत