आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन

सोमबार, २९ कात्तिक २०७८, १४ : ३१
सोमबार, २९ कात्तिक २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् । उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन् ।

महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी,कृष्ण नेपाली र पूर्ण बुढा रहेका छन् । महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप