बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता नेतालाई विजयी गराऔँ

मङ्गलबार, २१ कात्तिक २०७४, ११ : १२
मङ्गलबार, २१ कात्तिक २०७४

नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भएपछि संविधान निर्माणका लागि संविधान सभाको २ वटा चुनाव भए । संविधान कार्यान्वयनको प्रमुख खुड्किलोका रुपमा हेरिएको ०७४ को स्थानीय निर्वाचन पनि सम्पन्न भइसकेको छ । यी चुनावमा सबै राजनीतिक दलहरूले विकास, सुशासन, बेरोजगारीको अन्त्य, आर्थिक विकासका मुख्य एजेन्डा जनता माझ प्रचार गरे । तर यी एजेन्डाहरू कहाँ कार्यान्वय भए ? विकासका पूर्वाधार कहाँ बने ? बेरोजगारको अन्त्य कुन ठाउँमा भयो ?

यी प्रश्न अझै अनुत्तरित छन् । फेरि दलहरू त्यस्तै एजेण्डा बोकेर प्रादेशिक र केन्द्रीय चुनावको प्रचारमा घरदैलो गर्दैछन् । 
भूकम्प गएको साढे २ वर्ष बितिसक्दा पनि वास्तविक पीडितहरूले राहत पाउन सकेका छैनन् ।  अहिलेसम्म भूकम्पपीडितहरू त्रिपालमुनि बस्न बाध्य छन् ।  पुनर्निर्माणको काम ठप्प छ । स्वदेशमा रोजगारीका अवसर नपाएर दैनिक १५ सय युवाहरू खाडीलगायतका अन्य मुलकतिर विस्तापित भइरहेका छन् ।  सुशासनको धज्जी उडाउँदै कानुनको न्यूनतम मर्यादाको ख्याल नगरी टाउको टेकेर गुण्डा नाइके, आपराधिक गतिविधिमा सम्लग्न अभियुक्तहरू संसदका उम्मेदवार बनिरहेका छन् ।  के हामीले चाहेको नयाँ नेपालको परिकल्पना यही थियो ?

मङ्सिर १० र २१ मा हुनलागेको प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नेताहरू जनताको घरदैलोमा पुगिसकेका छन् । गाउँ सहरको विकास गर्छु, भन्दै जनतालाई आश्वास बाँढ्दै आफ्नो मत सुनिश्चित गर्नेमा उनीहरू व्यस्त देखिन्छन् । चुनाव आउँदा मात्र नेताहरू गाँउघरतिर आउने, गाँउघरमा घरदैलो कार्यक्रम भन्दै अनेकौँ प्रकारका फोटा र पर्चा सामग्री प्रदान गर्छन् ।  पूरा गर्नै नसकिने महत्वाकाङ्क्षी घोषणापत्र सामाजिक सन्जालमा पोस्ट गरेका पाइन्छ । 

यसै सन्दर्भमा प्रदेश नं ४ अन्तर्गत गोरखामा पनि नेताहरूले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भिडियो प्रयोग गरी व्यापक प्रचार प्रसार गरेका छन् । निर्वाचन सकिएपछि नेताहरूको अनुहारसमेत देख्न नपाउने जनताहरूले निर्वाचन ताका बसेर फोटो खिच्ने, भलाकुसारी गर्ने उदारहरण भने यो पोहिलो हैन । 

रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल प्रयोग गरेर  प्रचार प्रसार गर्ने नेतामध्ये बाबुराम भट्टराई पोहिलो नम्बरमा आउछन् । लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्ति पार्टी गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका लागि उनले उम्मेदवारी दिएका छन् ।  उनले आखाँमा भोट हाल्नुस् भन्दै आफैले भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत आह्वान गरेका छन् । उनका प्रतिस्पर्धी उम्मेद्वार नाराणकाजी श्रेष्ठले पनि समाजिक सञ्जाल मार्फत आफ्नो उमेद्वारीको प्रचार प्रसार तीव्र पारेका छन् ।  वाम गठबन्धनबाट माओवादी केन्द्र क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि उनले उम्मेदवारी दिएका हुन् । 

गोरखा–१ प्रदेश नं. ‘ख’का लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेस उम्मेदवार बनेका राजेन्द्र बजगाईंले गोरखाको उत्तरी भेगमा बेल्ने भाषा प्रयोग गरेर समेत सामाजिक सञ्जाल आफ्नो उम्मेद्वारीको प्रचार प्रसार गरेका छन् ।  उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै गोरखाको दुर्गम उत्तरी क्षेत्रमा हेलिकप्टर चार्टर गरेर प्रचार प्रसारमा व्यस्त छन् ।  भट्टराईपछि सामाजिक सञ्जाल प्रयोग गरेर प्रचार प्रसार गर्ने बजगाईं २ नम्बरमा पर्छन् । 

गोरखा–१, ‘क’ का उम्मेदवार धिरन थापा पनि कार्यक्रम सेडुल नै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरी उम्मेदवारीको लबिङ गरिरहेका छन् । गोरखा १ का लोकतान्त्रिक उम्मेदवार चीनकाजी श्रेष्ठ, वाम गठबन्धनका हरि अधिकारी–१ ‘क’ का उम्मेद्ववार लेखबहादुर थापा ‘ख’ का रामशरण बस्नेत सामाजिक सञ्जालमार्फत चुनावी अभियानमा सक्रिय छन् । उनीहरूले भोट माग्दै आफ्नो चुनावी प्रचार सामग्रीहरू पोस्ट गरेका छन् ।  यसैगरी गोरखा–२ का हरिशरण

आचार्य, कमला नहर्की–२ ‘ख’का अमर तमु पनि समाजिक सञ्जालको प्रयोग गरेर आफ्नो प्रचार प्रसार गर्दै छन् । 
पहिले चुनावी प्रचार सामग्री, पमपेलेड, पोस्टर भित्तामाहरू प्रशस्त देखिन्थे ।  तर अहिले इलेट्रोनिक प्रविधिको सहजतासँगै सामाजिक सञ्जालको दरिलो माध्यम बनाएको पाइन्छ । 

चुनावको बेलामा मात्रै जनताको पाउ मोल्दै यसरी सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो जितको सुनिश्चितता गर्ने नेताहरूबाट हामीले विकासको कसरी अपेक्षा गर्ने ? हामी जनता सचेत हुन जरूरी छ ।  मेरो पार्टी र हाम्रालाई होइन, राम्रा र विकासमुखी नेतालाई रोजौँ ।  विकास हामीबाटै सम्भव छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप