आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

एनएमबी बन्यो कृत्रिम बौद्धिकतामा आधारित भिडियो केवाईसी ल्याउने पहिलो बैंक

सोमबार, २९ कात्तिक २०७८, १२ : ३०
सोमबार, २९ कात्तिक २०७८

एनएमबी बैंक कृत्रिम बौद्धिकतामा आधारित भिडियो केवाईसी सेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ । भिडियो गरेर ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना बैंकले ल्याएको हो । नेपालको बैंक क्षेत्रमा एनएमबीले नै पहिलोपटक शुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गरेको हो 

यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न सक्नेछन् । डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ । भिकेवाईसीका लागि डिजिटल लिन्क https://vcc.nmb.com.np कायम गरिएको छ । 

ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नगइकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्नेछन् । यस्तो सेवाले ग्राहकहरूलाई घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्ने बैंकको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप