आफ्नै देशमा फर्किएर पेशा- व्यवसाय गर्ने वातावरण बन्दैछ : शिक्षामन्त्री
सोमबार, २९ कात्तिक २०७८, ११ : ५३
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरु क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताएका छन् । नेपाली जन प्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् ।
‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’ उनले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’ मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । मन्त्री पौडेल युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स गएका हुन् । उनी १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला