शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा जीप दुर्घटना, चालकको  मृत्यु

सोमबार, २९ कात्तिक २०७८, ११ : ३७
सोमबार, २९ कात्तिक २०७८

प्युठानमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी– ३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सहचालक दिनेश नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक  प्रकाश खत्रीले रातोपाटीलाई बताए । गम्भीर घाइते नेपालीको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ । जीपमा चालक र सहचालक मात्र रहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप