बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

‘न्यायपालिका नबाचे लोकतन्त्र बाँच्दैन’
सोमबार, २९ कात्तिक २०७८, ११ : २५
सोमबार, २९ कात्तिक २०७८

पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश बन्नुहुन्न ।’    उनले कानुन व्यवसायीहरुले अहिले गरिरहेको आन्दोलन संविधान बचाउन गरिएको पनि बताए ।

उनले कानुन व्यवसायीहरुले गरिबको न्यायका लागि बोलिरहेको भन्दै त्यो आवाज लोकतन्त्रको समर्थनका लागि पनि भएको बताए । ‘लोकतन्त्रमा न्यायपालिका नबाँचे लोकतन्त्र पनि बाँच्दैन’, संग्रौलाको भनाइ छ ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मर्यादामा आरोप लागेका कारण कुर्सी खाली गरिदिन आग्रह गरे । संग्रौलाले राजीनामा नदिए भोलिको अवस्था कल्पना गर्न नसक्ने चेतावनी दिए । वरिष्ठ अधिवक्ता संग्रौलाले राजनीतिक पार्टीहरूलाई पनि बोल्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप