न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव
पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिएका हुन् ।
‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश बन्नुहुन्न ।’ उनले कानुन व्यवसायीहरुले अहिले गरिरहेको आन्दोलन संविधान बचाउन गरिएको पनि बताए ।
उनले कानुन व्यवसायीहरुले गरिबको न्यायका लागि बोलिरहेको भन्दै त्यो आवाज लोकतन्त्रको समर्थनका लागि पनि भएको बताए । ‘लोकतन्त्रमा न्यायपालिका नबाँचे लोकतन्त्र पनि बाँच्दैन’, संग्रौलाको भनाइ छ ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मर्यादामा आरोप लागेका कारण कुर्सी खाली गरिदिन आग्रह गरे । संग्रौलाले राजीनामा नदिए भोलिको अवस्था कल्पना गर्न नसक्ने चेतावनी दिए । वरिष्ठ अधिवक्ता संग्रौलाले राजनीतिक पार्टीहरूलाई पनि बोल्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण