पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता हुँदै
सोमबार, २९ कात्तिक २०७८, ११ : १५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता सुरु भएको अनेरास्ववियू केन्द्रीय कमिटीका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् ।
वार्तामा विद्यार्थी संगठनका अध्यक्ष, नेपाल आयल निगमका महानिर्देशक र प्रवक्ता लगायतको टोली सहभागी छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको प्रदर्शनी मार्गमा विद्यार्थीहरु ५ विद्यार्थी संगठनले आइतबार ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका थिए । मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य