शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ

सोमबार, २९ कात्तिक २०७८, ११ : १३
सोमबार, २९ कात्तिक २०७८

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।  धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ ।  प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप