बेन्च नबसे पनि धमाधम पेसी तोकिँदै, प्रधानन्यायाधीश पनि आज इजलासमा
सोमबार, २९ कात्तिक २०७८, १० : ४२
सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।
यद्यपि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका छन् । उनलाई बार एशोसिएशनले इजलासमा नबस्न यसअघि नै सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त
-
स्थानीय तहका ५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार
-
उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिन मेयर हर्क साम्पाङलाई प्रचण्डको आग्रह
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड