शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश राणाको समर्थनमा आज पनि प्रदर्शन

सोमबार, २९ कात्तिक २०७८, १० : ४०
सोमबार, २९ कात्तिक २०७८

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित समूहले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहले केही दिनयता सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दै आएको छ ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएका थिए ।  यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो भने ५० भन्दा बढी आन्दोलनकारी पक्राउ परेका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप