‘सत्यम्’ मा उपासनाको इन्ट्री
![‘सत्यम्’ मा उपासनाको इन्ट्री](https://rpcdn.ratopati.com/media/albums/upasana-001_oqrzhzY88G.jpg)
फिल्म ‘सत्यम्’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । फिल्मका लागि यस अगाडि छनौट भएकी अभिनेत्री मलिका महतले छाडेपछि निर्माण युनिटले उपासना भित्र्याएको हो । उपासना अभिनेता पल शाहको जोडीको रुपमा फिल्ममा देखिने छिन् । पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै मलिकाले फिल्म छाडेको निर्माता रेशम सापकोटाले बताए । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म शंकर कार्कीले निर्देशन गर्न लागेका हुन् । फिल्ममा राजेशको जोडीको रुपमा निलिमा चन्द देखिँदैछिन् ।
अनुप विक्रम शाही र अभय बरालको समेत मुख्य भूमिका रहने फिल्ममा मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको छायांकनका लागि पोखरमा भब्य सेट समेत बनाइएको छ । फिल्मको मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !