ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते
सोमबार, २९ कात्तिक २०७८, १० : १५
ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।
काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी