अस्ट्रियामा खोप नलगाउनेहरू लकडाउनमा

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकमा भने लागू हुनेछैन ।
अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । पश्चिमी युरोपमा यो सबैभन्दा कम हो । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा सङ्क्रमण दर ८ सयभन्दा बढी रहेको छ । यो युरोपमा सबैभन्दा बढी हो ।
समग्र रूपमा युरोप पुनः कोरोना महामारीको इपिसेन्टर बन्न थालेको छ । धेरै देशहरूले पुनः प्रतिबन्ध लागु गर्न सुरु गरिसकेका छन् । सबैभन्दा बढी सङ्क्रमण देखिएको बेलायतमा भने अझै प्रतिबन्ध लागू गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?
-
न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा कुलमान र हितेन्द्रको मात्रै पेसी