शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित

सोमबार, २९ कात्तिक २०७८, ०९ : ३१
सोमबार, २९ कात्तिक २०७८

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।

आइतबार  नगरपालिकाको  अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।

नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा बिजयपुर नगर अन्तर्गत ३२ विद्यालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना महिला शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।

पहिलो चरणको आन्दोलन स्वरुप सबै विद्यालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय प्राङ्गणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेको छन् । फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको बताए ।

नगरसभाको बन्दसत्रको पुरै प्रक्रिया हालसम्म पूरा नभएकाले समयमा शिक्षक,कर्मचारी लाई तलब दिन नसके  पनि प्रक्रिया पूरा गर्न आफुहरु लागिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप