सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस दोलखाका सभापति लामा ७ हजार धरौटीमा रिहा

सोमबार, २९ कात्तिक २०७८, ०८ : ५६
सोमबार, २९ कात्तिक २०७८

नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरु धरौटी तिरेर छुटेका छन् । कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरु जुवा खेलेका थिए । जुवा खालबाट ६ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप