सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

सोमबार, २९ कात्तिक २०७८, ०८ : ५२
सोमबार, २९ कात्तिक २०७८

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्  । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ  र  व्यवस्थित हुनुपर्ने बताइन् । 

'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,' मन्त्री रेग्मीले भनिन् 'किचन व्यवस्थित हुनुपर्छ।'  मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा पढाउने र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिनुपर्ने बताइन् ।
पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने भन्दै उहाँले यसमा ध्यान दिन सुझाव पनि दिइन् ।

राज्यले बाल सुधार गृहलाई महत्त्वका साथ हेरिदिन सुधार गृह व्यवस्थापन समितिले मन्त्री रेग्मीलाई अनुरोध गरेको उनको  निजी सचिवालयले जनाएको छ।  सुधार गृहलाई पुरै मन, वचन र कर्मले आफूले सक्ने जति गर्ने प्रतिबद्धता मन्त्री रेग्मीले व्यक्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप