आज कुन तरकारीको मूल्य कति ?
सोमबार, २९ कात्तिक २०७८, ०८ : ११
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । कालीमाटी तरकारी बजारका अनुसार तरकारीको दर प्रति केजी भिण्डी १००, बोडी २१, ब्रोकाउली १२० छ भने पाकेको फर्सीको मूल्य प्रति केजी २५ रुपैयाँ रहेको छ । समितिका अनुसार आजको गोलभेडाको मूल्य लोकलको ७५ र टनेलको ६५ रुपैंयाँ छ भने आलु ४५ देखि ५५ रुपैंयाँ छ।