शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सोमबार, २९ कात्तिक २०७८, ०७ : ५४
सोमबार, २९ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र विक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र विक्रीदर १६० रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र विक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।​ जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४३ पैसा र विक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप