आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोराटाको गोलमा स्पेन विश्वकपमा

सोमबार, २९ कात्तिक २०७८, ०७ : २९
सोमबार, २९ कात्तिक २०७८

अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।

समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मार्चमा युरोपियन प्लेअफबाट पुनः मौका पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप