पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा

फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो ।
पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो । खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे । बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगलको सपना चकनाचुर पारे ।
जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ । पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ । पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय
-
सभामुख घिमिरे र रास्वपा सभापति लामिछानेबिचको छलफल जारी
-
इजरायली सेनाले १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्यो : यूएन
-
लखनउलाई उसैको घरमा जिल्याउँदै लगातार दोस्रो जित निकाल्ने धुनमा पञ्जाब
-
बिपी राजमार्ग : वैकल्पिक सडक निर्माण गरिँदै
-
कुर्दिश लडाकु समूहलाई ढिलाइ नगरी निःशस्त्रीकरण एर्दोगानको आग्रह