बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘अदालतका आन्दोलनकारीले गुहारेपनि दलहरु बोल्न आवश्यक छैन’

आइतबार, २८ कात्तिक २०७८, २१ : ०८
आइतबार, २८ कात्तिक २०७८

काँग्रेस केन्द्रीय सदस्य एपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा आन्दोलनरत पक्षले वर्तमान समस्या समाधानका लागि दलहरूलाई गुहारे पनि दलहरु बोल्न आवश्यक नरहेको बताएका छन् । उनले अदालतको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने आफूहरुको धारणा रहेको बताए । 

आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता साउदले आजको बैठकमा अदालतको विषयमा कुनै छलफल नभएको पनि बताए । 
यद्यपि उनले अहिले अदालतप्रति जनविश्वास घटेको भन्दै यसतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे । 

‘आन्दोलनकारीले दलहरू गुहारे पनि त्यसमा दलहरू बोल्नु आवश्यक छैन’, त्यहीँभित्रै मल्नुपर्छ ।’  महाधिवेशन समयमा हुन्छ त भन्ने प्रश्नमा उनले  त्यसमा शंका गर्न जरुरी नरहेको बताए । अझैपनि पार्टीभित्र केही साथीहरू असन्तुष्ट भएपनि उनीहरूको माग सम्बोधन गर्न पार्टीले प्रयास गरिरहेको सायदले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप