शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

आइतबार, २८ कात्तिक २०७८, २० : ४९
आइतबार, २८ कात्तिक २०७८

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो  । समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । २३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।  त्यस्तै २५ गते मतदान हुनेछ भने २६ गते मतगणना गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप