दराज ११.११ को नयाँ रेकर्ड : २४ घण्टामा सात लाख खरिदकर्तालाई सेवा
आइतबार, २८ कात्तिक २०७८, २० : ०३
दराज अनलाइनले २४ घण्टाभित्र सात लाख खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै यसअघिको रेकर्ड तोडेको जनाएको छ । हाल ‘दराज ११.११’ को चौथो संस्करण चलाइरहेको दराजले यस अघिका वर्षका सबै रेकर्ड तोड्न सफल भएको जानकारी दिएको हो ।
३६ करोड रुपैयाँभन्दा बढी सामान बिक्री गरेको र यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय बिक्री भएको दराजको दाबी छ । अभियान शुरू भएको पहिलो घण्टामै ६ करोड रुपैयाँ बराबरको उत्पादन बिक्री भएको र यो गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशत बढी रहेको दराजले जनाएको छ ।
यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको पनि सो कम्पनीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का