बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आयल निगमका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले विना धितो १५ लाखसम्म कर्जा दिने

आइतबार, २८ कात्तिक २०७८, १९ : ५९
आइतबार, २८ कात्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । आइतबार राजधानीमा एक समारोहका बीच बैंक र निगमबीच यस्तो सहमति भएको हो । 
सहमति अनुसार बैंकले निगमको सिफारिसमा न्यूनतम २ वर्ष पुरा गरेका निगमका कर्मचारीलाई विना धितो अधिकतम १५ लाख रुपैयाँ सरल कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम प्रदान गरिने बैंकले जनाएको छ । 
यसका लागि निगमका तर्फबाट कर्मचारीहरुले तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा नै खोल्नुपर्नेछ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप