महिला भलिबल टोलीले थाल्यो अभ्यास

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अनुसार प्रशिक्षण थालेको हो ।
प्रतियोगिताका तयारीका लागि यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी सहित नेपाल पुलिसका तीन खेलाडीलाई समावेश गरिएको छ । नेपाल प्रहरीको आन्तरिक प्रशिक्षणमा रहेका पुलिसका खेलाडीत्रय कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहेपनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन् ।
यस अघि २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपालले सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि घर भित्र्याउन सफल भएको थियो । २०२० मा आयोजना भइसक्नु पर्ने प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण तय भएको तालिकामा आयोजना हुन सकेको थिएन । महिला टोलीले अभ्यास थाले पनि पुरुष टोलीले कहिलेबाट अभ्यास थाल्ने अझै टुङ्गो लागेको छैन् । यद्यपि पुरुष टोलीलाई प्रशिक्षण दिन नेदरल्याड्सका प्रशिक्षक हान एबिङ नेपाल आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड