एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन प्रदेश २ का उद्योगमन्त्रीले राजीनामा दिने
![एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन प्रदेश २ का उद्योगमन्त्रीले राजीनामा दिने](https://rpcdn.ratopati.com/media/albums/ram-naresh-ray_1_Ceytjcb8J8.jpg)
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने भएको छ । सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएका छन् । स्रोतकाअनुसार मन्त्री रायले आजै साँझ वा भोलिसम्ममा राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकासमन्त्री नवलकिशोर सुडीको राजीनामा माग गरेका थिए । विगतमा राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका उनले सरकारमै रहने अडान लिएपछि भने उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको हो ।
उनले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका महतोलाई मन्त्री बनाइने भएको छ । सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक