पोखरामा एमबिबिएस अध्ययनरत २२ वर्षीय विद्यार्थीको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १९ : ४६
कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारेको थियो । तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी